bio

पत्रकार शेषनारायण झा लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण

सिंहदरवार गेटको तस्विर खिँचेको आधारमा समयबोध म्यागजिनका पत्रकार शेषनारायण झा लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाको गंभीर ध्यानाकर्षण भएको छ ।
सोमबार जेठ १० गते बेलुका घर फर्कने क्रममा सिंहदरवार गेटको तस्वीर खिच्दै गर्दा उनलाइ प्रहरीले पक्राउ गरेको थियो । तस्वीर खिचेकै भरमा अपराधीलाई जस्तै पक्राउ गर्नु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गंभिर उल्लघंन हो । यो संबिधान र कानुनको पनि बर्खिलाप हो । यस घटनाले लोकतन्त्रको मुख्य आधारस्तम्भ मानिने अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसमाथि अंकुश थापेर सरकार पुन निरङकुशतातिर फर्कन लागेको अनुभुती भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखा यस घटनाको घोर निन्दा गर्दै उनलाई तत्काल रिहा गर्न माग गर्दछ । साथै प्रक्राउ कार्यमा संलग्न प्रहरीलाई कार्वाही गर्न सरकारसंग जोडदार माग गर्दछ ।
लेखनाथ न्यौपाने
अध्यक्ष
नेपाल पत्रकार महासंघ ललितपुर

Comments