bio

पत्रकार राजु बस्नेतलाई रिहाइको लागि जारी गरिएको प्रेस विज्ञप्ती

२०७५ भदौ २५

प्रेस विज्ञप्ती

नेपाल पत्रकार महासंघ ललितपुरका केन्द्रीय सभासद् एवं खोजतलास डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरीले आज विहान ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

समाचारको विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिल नेपालको हो । यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरीको यो ज्यादतीप्रति घोर भत्र्सना गर्दछ ।

पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ । समाचार लेखेकै कारण प्रहरीले साइबर क्राइमको मुद्धा लगाउन र हिरासत्मा राख्न पाइदैन । प्रहरी हिरासतमा रहेका पत्रकार बस्नेतलाई तुरुन्त रिहा गरियोस ।

 

........................

सविन शर्मा

सचिव

Comments