प्रभुनारायण बस्नेतलाई ललितपुर पत्रकारिता पुरस्कार

8th-post-featured

ललितपुर -नेपाल पत्रकार महासंघ ललितपुरले पत्रकार प्रभुनारायण बस्नेतलाइ ‘ललितपुर पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।
मंगलवार बसेको शाखाको बैठकले शाखाका अग्रज पत्रकार बस्नेतलाई सो पुरस्कार प्रदान गर्ने निर्ण गरेको हो । बस्नेतले महासंघको सस्थागत विकासमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार दिने निर्ण गरेको शाखा अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए ।
बस्नेत शाखाका पुर्व सभापति हुन । २०३८ सालबाट युगान्तर साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेको बस्नेतले मुल्याकन साप्ताहिक, गर्जन साप्ताहिक, उषा साप्ताहिक, नयाँ मोर्चा साप्ताहिक, बिमर्श साप्ताहिक र जनसञ्चार साप्ताहिकमा काम गरिसकेका छन । 
हाल उनि बिभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनहरुमा स्तम्भ लेखनमा संलग्न छन ।
यस्तै शाखाको बैठकले सस्थापक अध्यक्ष धर्मरत्न शाक्य र महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष राधा बुढाथोकीलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । पुरस्कार र सम्मान चैत्र १ गते हुने शाखाको १० औं अधिवेशनमा प्रदान गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

Comments